ऊर्जामन्त्री डा. प्रकाशशरण महतले (एकीकृत नेकपा -माओवादी) को गणराज्य घोषणा कार्यक्रमले देशमा जातीय विखण्डन ल्याउने विचार व्यक्त गर्नुभएको छ । बेलकोट गाविसको बेलकोट भञ्ज्याङ निमाविमा मावि कक्षा सञ्चालन गर्ने सम्बन्धमा आज आयोजित अभिभावक भेलामा मन्त्री डा महतले मुलुकमा जातीय द्वन्द्व ल्याउने घोषणालाई तत्काल रोक्न माओवादीलाई आग्रह गर्नुभयो ।
माओवादीले गरेको निरन्तरको संसद अवरुद्धले जनताका लागि आवश्यक नीतिनियम निर्माणमा समस्या सिर्जना भएको उहाँले बताउनुभयो । माओवादीलाई पनि यही सरकारमा सामेल भएर नयाँ संविधान समयमा निर्माण गर्नका लागि जुट्न उहाँले आग्रह गर्नुभयो ।
0 comments:
Post a Comment