Friday 4 December 2009

नेपाली जनप्रगतिशील मञ्च कतारको प्रथम महाधिवेशन सम्पन्न


खालिद सावन, कतार
विगत दुईवर्षदेखी सवैभन्दा वढी नेपालीहरुको गन्तव्य रहेको मुलुक कतारमा कार्यरत प्रवासी नेपालीहरुको माझमा निरन्तर वैचारिक तथा सामाजीक कार्यमार्फत लोकप्रीयता हासील गर्दै आएको संस्था नेपाली जनप्रगतिशील मञ्च कतारले आफ्नो पहिलो महाधिवेशन भव्यताका साथ सम्पन्न गरेको छ ।
"प्रवासी मजदुर अधिकारका लागी हाम्रो उद्घोषण, नागरिक सर्वोच्चताका पक्षमा प्रथम महाधिवेशन" भन्ने मुल नाराका साथ यहि नोभेम्वर २८ का दिन कतारको राजधानी दोहा स्थित भारतीय सांस्कृतिक केन्द्र (ICC) हलमा आयोजित सो कार्यक्रममा कतारका लागी नेपाली राजदुत महामहिम डा. सूर्यनाथ मिश्रको प्रमुख आतिथ्यता रहेको थियो भने संविधान सभाका सभासद तथा एनेकपा माओवादीका केन्द्रिय सदस्य जोख वहादुर महराले विशेष आतिथ्यता ग्रहण गर्नुभएको थियो । मञ्चका कार्यवाहक अध्यक्ष होमनाथ शर्माको अध्यक्षता तथा किशोर सुवेदीको संचालनमा रहेको सो कार्यक्रममा वोल्दै विशेष अतिथी महराले वैदेशीक रोजगारिका क्रममा देखिएका समस्याहरुलाई केवल गुलीया आश्वासन दिएर नभई नितीगत रुपवाटै हल गर्नुपर्ने भएकाले आफुले सो सम्वन्धमा सक्दो पहल गर्ने वताउनुभयो । उहांले वर्तमान सरकार नयां संविधान निर्माण तथा शान्ति प्रकृया विथोल्ने अभियानमा लागेको आरोप लगाउंदै एनेकपा माओवादीले उठाउंदै आएको पांच सूत्रीय -१) न्यायपुर्ण राजनैतिक कार्यक्रम -२) जनसंविधानको निर्माण -३) नागरिक सर्वोच्चताको वहाली -४) राष्ट्रिय स्वाधिनता तथा, यि सम्पुर्ण कार्यहरु गर्नकोलागी -५) समग्र राष्ट्रिय सरकार गठन गर्नुपर्ने जस्ता मागहरु पुरा नभएसम्म मुलुक तथा संविधानसभाले अग्रगती हासिल गर्न नसक्ने भएकाले आन्दोलन जारि रहने वताउनुभयो । त्यसैगरि, प्रमुख अतिथी तथा कतारका लागी नेपाली राजदुत डा. सूर्यनाथ मिश्रले वैदेशीक रोजगारिका नाममा ठगी दलालीको धन्दा चलाउने व्यक्तिहरुलाई कुनै हालतमा पनि छुट नदिने वताउंदै वावुआमाको नजरमा सवै छोराछोरी वरावर भएजस्तै कतारमा कार्यरत श्रमजिवी जनता, व्यापारी, उद्योगपति, वुद्धिजिवी आदि सवै दुतावासको नजरमा समान रहेकोपनि प्रष्ट पार्नुभयो । सो अवसरमा उहांले नेपाली दुतावासले अहिलेसम्म गर्दै आएको काम पिडीत नेपालीहरुको उपचार मात्र भएकाले समस्या निदानको लागी सरकारी क्षेत्रवाटै पहल गर्नुपर्ने वताउनुभयो । आफ्नो मन्तव्यको अन्तमा उहांले नेपाली जनप्रगतिशील मञ्च कतारले हालसम्म गरेका कर्महरुको सराहना गर्दै दुतावासको काममा मञ्चले पुर्‍याएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो । त्यस्तै, कार्यक्रमका अर्का वक्ता उद्योगपति तथा एनआरएनए का मध्यपुर्व संयोजक वद्रि प्रसाद पाण्डेले मुलुकमा लगानी र रोजगारिको वातावरण नभएकाले २५ लाख भन्दा वढी नेपालीहरु विदेशीनु परेको वताउंदै मुलुकको अर्थतन्त्र केवल रेमिट्यान्सकै भरमा चलेपनि त्यसको सहि सदुपयोग हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । सो अवसरमा उहांले रेमिट्यान्स र वैदेशीक लगानीलाई राष्ट्रिय हितमा उपयोग गर्ने वातावरण वनाउन समेत सरकारलाई आग्रह गर्नुभयो । मन्तव्यकै क्रममा सम्पुर्ण सामाजीक संघसंस्थाका तर्फवाट वोल्दै गोरखा प्रवासी संघ कतारका अध्यक्ष श्रीकृष्ण भट्टराईले विगतमा मञ्चले गरेका कार्यहरुको प्रशंष गर्दै प्रवासमा रहेका संपुर्ण समाजीक संघसंस्थाहरुसंग सहकार्य गर्दै अझै शशक्त ढंगवाट नेपालीहरुको हकहितको सवालमा एकजुट रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा रोल्पा जलजला सेवा समाज, कतारले सभासद जोख वहादुर महरालाई दोसल्ला ओढाई सम्मान गरेको थियो भने मञ्चका खेलाडीहरुको परिचय तथा सम्मानपनि गरिएको थियो । स्मरणीय छ, कतारस्थित केम्को मैत्री शान्ति क्लव कतारले मुस्लिमहरुको महान पर्व ईद उल अदाको अवसरमा आयोजना गरेको खुल्ला भलिवल प्रतियोगीतामा मञ्चको भलिवल टिमले विगतदेखी आफ्नो वर्चस्व कायम गरिआएको वाग्लुङ सेवा समाजलाई हराउंदै प्रथम स्थान हासील गर्न सफल भएको थियो भने म्यान अफ द म्याच पुरस्कार समेत मञ्चकै खेलाडी रिम वहादुर गुरुङले हात पार्न सफल भएका थिए । दुई चरणमा विभाजीत सो कार्यक्रममा मञ्चका जनकलाकारहरुले प्रगतिशील नृत्य, गीत तथा कविताहरुको वेजोड प्रस्तुतिद्धारा दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमको पछिल्लो चरणमा मञ्चको विधान तथा प्रतिवेदन प्रस्तुत गर्नुका साथै हलवाटै वहुमतले पारित गरिएको थियो । यसैगरि, सोहि अवसरमा मञ्चको पुरानो कार्यसमिती भंग गरि होमनाथ शर्मा पौडेलको अध्यक्षतामा ५१ सदस्यीय एक नयां कार्यसमिती र उमेश वरालको संयोजकत्वमा एक सल्लाहकार समिती पनि सर्वसम्मत चयन गरियो । कार्यक्रममा एनेकपा माओवादीका पोलीटव्युरो सदस्य तथा विदेश राज्यसमितीका ईञ्चार्ज ईन्द्रमोहन सिग्देल (वसन्त) को पनि विशेष उपस्थिती रहेको थियो ।

0 comments:

Post a Comment

 

  © 2009 लिम्बु संसार // ताजा समाचारहरु

True Contemplation Blogger Template by M Shodiq Mustika