Wednesday 2 December 2009

साकेला उधौली पर्व आज धुमधामसाथ मनाइँदै


काठमाडौँ, मङ्सिर १७/किराँत/राइ समुदायहरूको पवित्र चाड साकेला उधौली आज धुमधामका साथ मनाइँदैछ ।किराँतको ऐतिहासिक पवित्र धार्मिकस्थल हात्तीवनमा सोमबार किराँत चाड याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, र्राईको उधौली साकेला र लिम्वुको चासोक तङ्नाम को शुभारम्भ भएको थियो ।परम्पराअनुसार २ दिनअघि लिम्वुले चासोक तङ्नाम पर्व मनाउने गर्छन् भने आज संयुक्त रुपमा सबैले उधौली साकेला मनाउने चलन रहेको छ । यो पर्वको अवसरमा सरकारले आज राष्ट्रिय विदा दिएको छ ।किराँत समुदायले अत्रवाली पाकेपछि आफ्नोर् इष्टदेवतालाई चढाउने, खानका लागि अनुमती माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्वुले चासोक तङ्नाम भनेर मान्ने गर्छन् ।किराँत/राईको पवित्र चाड साकेला उधौली पर्वको अवसरमा राष्ट्रपति डा. रामवरण यादवले देश तथा देशबाहिर रहेका सम्पूर्ण नेपालीमा सुख-शान्ति र समृद्धिका लागि सुभकामना दिएका छन् ।सोही अवसरमा प्रधानमन्त्री माधवकुमार नेपालले पनि शुभकामना सन्देशदिँदै हार्दिकता र मेलमिलापका साथै सबै सँस्कृति मान्ने नेपालीहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

0 comments:

Post a Comment

 

  © 2009 लिम्बु संसार // ताजा समाचारहरु

True Contemplation Blogger Template by M Shodiq Mustika