Friday 4 December 2009

माधव मास्कमा, सुजातालाई सास फेर्न गाह्रो


अन्ततः आज बिहान माधवकुमार नेपाल सरकारले एउटा विश्व कीर्तिमान कायम गरेरै छाड्यो- विश्वको सबैभन्दा अग्लो ठाउँमा मन्त्रिपरिषद्को बैठक बसेर। कम्ता गाह्रो भएको थिएन यो कीर्तिमान राख्‍न। एक त अहिलेको जाडोमा त्यहाँ जान कठिन। अर्को त्यति धेरै उचाइमा हाइ अल्टिच्युडको समस्या। त्यसैले त वातावरणमा अभ्यस्त बनाउन मन्त्रीहरुलाई २४ घण्टाअघिदेखि स्याङबोचे ल्याएर राखिएको थियो। आज बिहान स्वास्थ्य परीक्षण गर्दा सबैको रगतमा अक्सिजनको मात्रा ठीक भएकोले कालापत्थर जान दिइएको थियो। प्रधानमन्त्री माधवकुमार नेपाल अक्सिजन मास्क लगाएर बैठकमा सहभागी भएका थिए। उनले त्यहाँ केही समय बोलेका पनि थिए। उपप्रधानमन्त्री सुजाता कोइरालालाई भने बैठकमा बस्दाबस्दै सास फेर्न गाह्रो भएछ। बैठक सकिएपछि उनैलाई सबैभन्दा पहिले हेलिकप्टरबाट स्याङबोचे फर्काइएको थियो।
माधव नेपाल सबैभन्दा फूर्तिला देखिएका थिए। उनले हातमा पन्जा पनि लगाएका थिएनन्। विश्वका सञ्चारमाध्यममा उनको दृश्य सार्वजनिक हुँदै थियो। पहेँलो मास्क लगाएका उनले मास्क फुकालेर केही बेर बैठक स्थल मै सम्बोधन पनि गरे।

0 comments:

Post a Comment

 

  © 2009 लिम्बु संसार // ताजा समाचारहरु

True Contemplation Blogger Template by M Shodiq Mustika