Friday 4 December 2009

दिपक लिम्बुको एकल सांगितिक कार्यक्रम सम्पन्न


देरराज गुरुङ,

प्रथम नेपाली तारा दिपक लिम्बुको एकल सांगितिक कार्यक्रम दुबईको एभ्रेष्ट होटलमा भब्यताका साथ सम्पन्न भएकोछ। नेपाली आदिवासी जनजाती महासंघ यूएईले आबुधावी शहरका नेपालीहरुको प्रिय कलाकार दिपक लिम्बुसंग संगितमा रम्न पाउनुपर्छ भन्ने चाहानालाई मध्यनजर गरी सोही शहरमा कार्यक्रम गर्ने तय भएकोमा अन्तिम समयमा आएर हलवालाले स्थानीय धार्मिक पर्व बक्री ईदलाई कारण देखाई हल रद्द गरीदिएकोले उक्तकार्यक्रमलाई दुबई शहरको एभ्रेष्ट होटलमा सम्पन्न गरिएको थियो । संघका अध्यक्ष श्री भुवन राईको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा संघका भूतपूर्व अध्यक्ष तथा वर्तमान वरिष्ट सल्लाहकार श्री छत्र लामाले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो। उहाँले दिपक भाई संपूर्ण नेपालीहरुको पि्रय कलाकार र हाल नेपाली संागित जगतको व्यस्त गायक भएतापनि हाम्रो अनुरोधलाई स्विकार्दै यस कार्यक्रममा सहभागी भईदिनुभएकोमा नेपाली आदिवासी जनजाती महासंघ यूएईको तर्फबाट हार्दिक आभार तथा धन्यवाद दिदै यो हाम्रो कलाकारलाई संरक्षण गर्ने अभियानमा साथ दिन पाल्नु भएका संपूर्ण महानुभावहरुलाई स्वागत तथा धन्यबाद दिनुभएको थियो । स्मरण रहोस् कलाकार दिपक लिम्बु नेपाली समाज यूएईले आयोजना गरेको नोभेम्बर २० २००९मा सम्पन्न कार्यक्रममा भाग लिन यूएई आएका थिए । कार्यक्रम भरि सहभागीहरु दिपक लिम्बुको सुमधुर स्वरमा घन्किएका वहांका लोक पि्रय गितहरु ढल्क्यो ढल्क्यो माया यो माया मैले त्यही भएर मन पराको लगायत गानाहरुमा फर्माईस र वन्समोर गरि गरि नाचेका थिए । दिपक लिम्बुका प्राय संपूर्ण लोक पि्रय गितहरुका साथै पहिलो पटक उनको नयां एल्बमबाट पनि गाना गाएर दर्शकहरुलाई उनले उत्साहित र सम्मानीत गरेका थिए । बिच बिचमा स्थानीय कलाकारहरु सुमधुर स्वरका धनी रनु जबेगुले गाएका आलुतामाले र अर्को गानाले पनि दर्शकहरुलाई भरपुर नचाए भने हास्य व्यंग्यका महशुर कलाकार श्याम तमुको भजनले पनि दर्शकहरुलाई पेट मिचिमिचि हसाएको थियो । अर्का कलाकार बले लामाको यो गाउंको ठिटो म कान्छा मेरो नाउं र तामा¨ सेलो नृत्यले पनि दर्शकहरुलाई छमछम नचाएको थिए । संघका महासचिव डि. आर. गुरुङद्वारा संचालित उक्तकार्यक्रममा कलाकार दिपक लिम्बुलाई नेपाली आदिवासी जनजाती महासंघ यूएईको तर्पुबाट संघका सदस्य भोजराज घलेद्वारा नयां तरिकाले डिजाईन गरिएको प्रसंशा पत्रपनि प्रदान गरिएको थियो जसमा दुबईशहरमा स्थित संसारकै सबैभन्दा अग्लो टावरको दृश्यसंग दिपक लिम्बु गाना गाईरहेको फोटो संमिश्रण गरी ब्याक ग्राउण्ड बनाइएको फोटो पेपरमा कार्यक्रमको संपूर्ण विवरण सहितको पोष्टर बनाईको र उक्त पोष्टरमा नेपाली आदिवासी जनजाती महासंघ यूएईको निशाना छाप लगाईएको थियो । अन्तमा सभापतिको आसनबाट कार्यक्रमको समापन गर्दै कलाकारहरु देशका गहना हुन जसले मुलुकलाई सजाउने काम गर्छ साथै कलाको माध्यम बाट समाज परिवर्तन र मुलुक परिवर्तन गर्नमा पनि उनीहरुको महत्वपूर्ण भुमिका रहने विचार व्यक्त गर्दै कार्यक्रम सफल पार्न विशेष सहयोग पु-याउने महानुभावहरु म्ाहेश मोक्तान भोजराज घले तुलसी तामाङ्ग ज्ञानेन्द्र लामा लगाएत अन्य संलग्न संपूर्ण महानुभावहरुलाई धन्यवाद दिनु भएको थियो । अन्तमा सहभागीहरुले दिपक लिम्बुसंग विभिन्न पोजमा फोटो खिचाएका थिए ।

0 comments:

Post a Comment

 

  © 2009 लिम्बु संसार // ताजा समाचारहरु

True Contemplation Blogger Template by M Shodiq Mustika