किरात/राई समुदायको सकेला उधौली पर्वको अवसरमा एकीकृत नेकपा (माओवादी)को तर्फबाट पर्वमा जुटेका जनसमुदायमा हार्दिक ऐक्यबद्धता र शुभकामना व्यक्त गरेको छ। बुधबार एक विज्ञप्ति निकाली किरात/राई समुदायको यो महान् पर्वलाई मध्यनजर गरेर नै हाम्रो पार्टीले तेस्रो चरणको आन्दोलनको क्रममा आज कुनै सङ्घर्षको कार्यक्रम नराखेको यथार्थ पनि विज्ञप्तिमार्फत स्मरण गराउन चाहेको छ।त्यसैगरी, वर्षभरिको उत्पादन सँगालेर घर भित्र्याउने मौसममा मनाइँदै आएको यस पर्वका अवसरमा जनताको खाद्यसम्प्रभुताको पक्षमा दृढ रहँदै हाम्रा आदिवासी पुर्खाहरूले अग्रगामी शान्ति, स्वाधीन र जनमुखी संविधान निर्माण र शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्याउन आमनेपालीलाई शक्ति प्रदान गरून् भन्ने कामना गरेको छ।
0 comments:
Post a Comment