Saturday 5 December 2009

वेलायतको आदिवासी जनजाति महासंघको भेला सम्पन्न


धन घले,

लण्डनसाउथह्यारो, मगर संघ किरात राई यायोख्खा किरात याक्थुङ चुम्लुङ, किरात सुनुवार समाज, तमु धी, तमु प्हे ल्हु, युके शेर्पा किदुङ, थकाली सेवा तामाङ, समाज ह्याल्मो, पासा पुचः गुठी, लिल फङ्ग घले समाज, मधेसी समाज यूके तथा अन्य बुद्धिजिवी संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा आदिवासी जनजाति महासंघको तेस्रो भेला सम्पन्न भएको छ ।
थर्क रानाको अध्यक्षतामा गत २१ नोभेम्वरमा भएको सो कार्यक्रममा संस्थाका सचिव धन घलेले हेल्थ एण्ड सेफ्टीका बारेमा जानकारी गराउँदै सहभागीहरुलाई स्वागत गर्नु भएको थियो । महासंघका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद लिम्वुले नेपाल जनजाति महासंघले गरेका कामहरुका बारेमा चर्चा गर्नु भएको थियो ।अधिवक्ता चण्डिराज राईले इलेक्ट्रोनिक माध्यमबाट एजेण्डाहरु प्रस्तुत गर्दै जनजाति महासंघ बेलायतको स्थापना र यसको अवधारणाबारे स्पष्ट पार्नुभएको थियो । कार्यक्रमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आ-आफ्ना मन्तव्यहरु प्रस्तुत गर्नुभएको थियो ।
पूर्व वाणिज्यमन्त्री विजयप्रसाद थेबेले गोर्खाहरु आदिवासी भएकाले दोहोरो नागरिकता दिएमा यिनीहरुले भविष्यमा एक पाउण्ड कमाएर १२० रुपैयाँको दरले नेपालमा ठूलो धनको आर्जन राजनीति उद्योगधन्दा र व्यापारमा पनि बाहुनवादीलाई असर पर्ला भनेर परिचयपत्र मात्र दिएको गुनासो गर्दै आदिवासी महासंघले दोहोरो नागरिकताको बारेमा आन्दोलन गर्नुपर्नेमा जोड दिनु भयो ।
सो सभामा तदर्थ समितिले प्रस्तुत गरेका विभिन्न प्रस्तावमाथि छलफल गरिएको थियो । प्रस्तावहरुमा राष्ट्रिय बृहत अधिवेशनको मिति छिट्टै तोक्ने पौष २५ २६ र २७ मा नेपालमा हुने जनजाति÷आदिवासी महासंघको अधिवेशनमा महासंघ गठनको लागि बेलायतबाट सुझाव पठाउने दोहोरो नागरिकता र छोराछोरीले समेत नेपाली नागरिकता पाउनु पर्ने विश्व आदिवासी दिवस÷मेलाको आयोजना ९ अगष्टमा २०१० भव्य मनाउने र अन्य जातिय संगठनहरुलाई त्यस दिन अरु कार्यक्रम नराखिदिन अपिल गर्ने नेपालबाट जनजातिका नेताहरुलाई झिकाई अन्तरकि्रया कार्यक्रम गर्ने जनजातिमा गैर राजनीतिक मात्र समावेश हुनुपर्ने महिला कोटामा समानुपातिकको व्यवस्था हुनुपर्ने लगायत थिए ।
कार्यक्रमको अन्त्यमा क्याटि्रक वेल्स रेडिङ केन्टलगायतका ठाउँहरुमा कि्रयाशिल कार्यकर्ताहरु सहयोग पुर् याउनुभएका मित्रहरु जातीय संगठनका प्रतिनिधिहरु र उपस्थित सबै बुद्धिजिवीहरुलाई धन्यवाद ज्ञापन गर्दै सभाका अध्यक्ष थर्क रानाले सभा विसर्जन गर्नुभएको थियो । कार्यक्रम महासंघका महासचिव पदम राईले साचालन गर्नुभएको थियो ।

0 comments:

Post a Comment

 

  © 2009 लिम्बु संसार // ताजा समाचारहरु

True Contemplation Blogger Template by M Shodiq Mustika