Saturday 5 December 2009

टेक्सासमा चासोक तङनामको उपलक्ष्यमा शुभकामना तथा रात्रीभोज कार्यक्रम सम्पन्न


राष्ट्रिय चाड चासोक् तङ्नाम् २०६६ को उपलक्ष्यमा किरात याक्थुङ चुम्लुङ,टेक्सासद्वारा डिसेम्बर २ मा अर्विङ सिटिको बेल्टलाइन रोडमा रहेको टेम्प्टेसन रेस्टुरेन्टमा आयोजना गरिएको शुभकामना आदान-प्रदान एवम् रात्रीभोज कार्यक्रम सम्पन्न भएको छ ।
किरात याक्थुङ चुम्लुङ टेक्सासका अध्यक्ष अंमर सेन्हाङको अध्यक्षतामा र आनन्द फागु तथा केबी थेबे (कुल बहादुर) को सक्रीएतामा तथा सरोज तुम्बहाम्फेको संचालनमा भएको उक्त कार्यक्रममा बिभिन्न ब्यक्तिहरु बाट चसोक तङनाम राष्ट्रिय चाडको अवसरमा शुभकामना आदान प्रदान गर्नुका साथै भब्य रात्री भोजको आयोजना गरिएको थियो ।
कार्यक्रममा चासोक तङनाम र लिम्बु प्रम्परा बारे जानकारी दिनु भएको थियो दिल सेन्हाङले भने शुभकामना दिनुहुने हरुमा अमेरिकादर्पणका भिम कार्की, समाजसेवी एल. पी. लामा, चन्द्र मादेन, हरिमान तुम्बाहाम्फे हुनुहुन्थ्यो । समारोहका सभाध्यक्ष अंमर सेन्हाङले कार्यक्रममा उपस्थित् अतिथि तथा सहभागीहरुलाई स्वागत गर्दै चासोक तङनामबारे अवगत गराउनु भएको थियो ।
सो कार्यक्रममा लिम्बू जातिको मौलिकता झल्कने विभिन्न परिकारका खानपिनसहित, नाच गान तथा सलाइट सो र धान नाचको कार्यक्रमले सबैलाई रोमान्चक बनाएको थियो । सो कार्यक्रममा नेपाली हरुका लोकप्रिय गीतहरु सुनाएर जीवन लिम्बुले अथितिहरुलाई सम्मान र सत्कार गर्नु भएको थियो । चासोक तङ्नामको अवसरमा शुभकामना आदान-प्रदान गर्दै र नाच्दै गाउदै राती २ बजे सम्म करिब १५० जनाको उपस्थितिमा कार्यक्रम समापन गरिएको थियो ।
--> Read more...

माओवादीको गणराज्य घोषणा कार्यक्रमले देशमा जातीय विखण्डन ल्याउने मन्त्री महतको चेतावनी

ऊर्जामन्त्री डा. प्रकाशशरण महतले (एकीकृत नेकपा -माओवादी) को गणराज्य घोषणा कार्यक्रमले देशमा जातीय विखण्डन ल्याउने विचार व्यक्त गर्नुभएको छ । बेलकोट गाविसको बेलकोट भञ्ज्याङ निमाविमा मावि कक्षा सञ्चालन गर्ने सम्बन्धमा आज आयोजित अभिभावक भेलामा मन्त्री डा महतले मुलुकमा जातीय द्वन्द्व ल्याउने घोषणालाई तत्काल रोक्न माओवादीलाई आग्रह गर्नुभयो ।
माओवादीले गरेको निरन्तरको संसद अवरुद्धले जनताका लागि
आवश्यक नीतिनियम निर्माणमा समस्या सिर्जना भएको उहाँले बताउनुभयो । माओवादीलाई पनि यही सरकारमा सामेल भएर नयाँ संविधान समयमा निर्माण गर्नका लागि जुट्न उहाँले आग्रह गर्नुभयो ।
--> Read more...

खाडीमा महिला कामदार पठाउन खुल्ला

काठमाडौ, २०६६ मंसिर २० – महिला श्रमिकका लागि आकर्षक गन्तव्यहरू इजरायल, हङकङ र लेबनानमा रोजगारी बन्द भएपछि सरकारले ‘संस्थागत र सुरक्षित संयन्त्र’ का साथ उनीहरूलाई खाडीमा काम गर्न जान दिने भएको छ । श्रम मन्त्रालयमा बिहीबार बसेको बैठकले महिला कामदारलाई सुरक्षाको प्रत्याभूति दिएर संस्थागत रूपमा खाडी मुलुकमा पठाउने निर्णय गरेको हो ।
वैदेशिक रोजगारीमा महिलाहरू घटदै गएपछि फेरि खाडीका संगठनात्मक र औपचारिक क्षेत्रहरू रोज्न लागिएको मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले बताए ।
खाडीका कतार, साउदी अरेबिया र यूएई नेपाली कामदारको प्रमुख गन्तव्य हो । यी मुलुकमा महिला कामदारको निकै माग भएको वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष तिलक रानाभाटले बताए ।
सुरक्षा संयन्त्र तय गर्नका लागि बैठकले वैदेशिक रोजगार व्यवसायीका लागि निश्चित सर्त तोकिदिएको छ । सर्तमा व्यवसायीले एजेन्ट/ कामदारबीच सम्पर्कको बिन्दु कायम हुनुपर्ने, परिवारसँग सम्पर्क माध्यमको व्यवस्था गर्नुपर्ने, दूतावाससँग निरन्तर सम्पर्क, समन्वय र सम्बन्ध कायम गर्नुपर्ने, औपचारिक क्षेत्रमा भनेर अनौपचारिक क्षेत्रमा लैजान नपाउने, सेफ हाउसको व्यवस्था गर्नुपर्ने, स्वदेशी विमानस्थल नै प्रयोग गरेर गन्तव्यमा उड्नुपर्नेलगायत प्रावधान छन् । यी सर्त पालन गरेमा औपचारिक क्षेत्रका सुरक्षा गार्ड, रिसेप्सनिस्ट, नर्स, सुपरमार्केट, एयर होस्टेज, क्लिनिङ सेक्टरका सात
क्षेत्रमा पठाउने वैदेशिक रोजगार विभागमा महानिर्देशक मोहनकृण्ण सापकोटाले बताए । वैदेशिक रोजगार ऐनले भने वैदेशिक रोजगारीमा जान महिलालाई बन्देज लगाइएको छैन । तर सुरक्षाको दृष्टिकोणले खाडी मुलुकमा महिला कामदारलाई पठाउन कडाइ गर्दै आएको छ ।
भारतीय बाटो हुँदै गैरकानुनी रूपमा खाडी मुलुकमा जाने महिला कामदारको सख्या झन्डै ७० हजार रहेको अनुमान छ । उनीहरूमध्ये अधिकांश घरेलु कामदार छन् । घरेलु कामदारमा श्रम ऐन नलाग्ने हुँदा निकै जोखिम र असुरक्षा छ । भट्टराईका अनुसार अहिलेको अवस्थामा घरायसी काम -हाउस मेड) मा पठाउन सक्ने अवस्था छैन । केबल सुरक्षाको प्रत्याभूति दिई औपचारिक क्षेत्रमा पठाउन लागिएको हो । संस्थागत अनुमति भए पनि गत वर्ष विभागले खाडीका ६ मुलुकका करिब पाँच सय महिलालाई अनुमति
दिएको थियो ।
घरेलु कामदारका लागि सबैभन्दा सुरक्षित, मर्यादित र आम्दानी राम्रो भएको हङकङले सन् २००५ जुन ६ देखि नै नेपाली कामदारलाई प्रतिबन्ध लगाएको छ ।
--> Read more...

वेलायतको आदिवासी जनजाति महासंघको भेला सम्पन्न


धन घले,

लण्डनसाउथह्यारो, मगर संघ किरात राई यायोख्खा किरात याक्थुङ चुम्लुङ, किरात सुनुवार समाज, तमु धी, तमु प्हे ल्हु, युके शेर्पा किदुङ, थकाली सेवा तामाङ, समाज ह्याल्मो, पासा पुचः गुठी, लिल फङ्ग घले समाज, मधेसी समाज यूके तथा अन्य बुद्धिजिवी संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा आदिवासी जनजाति महासंघको तेस्रो भेला सम्पन्न भएको छ ।
थर्क रानाको अध्यक्षतामा गत २१ नोभेम्वरमा भएको सो कार्यक्रममा संस्थाका सचिव धन घलेले हेल्थ एण्ड सेफ्टीका बारेमा जानकारी गराउँदै सहभागीहरुलाई स्वागत गर्नु भएको थियो । महासंघका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद लिम्वुले नेपाल जनजाति महासंघले गरेका कामहरुका बारेमा चर्चा गर्नु भएको थियो ।अधिवक्ता चण्डिराज राईले इलेक्ट्रोनिक माध्यमबाट एजेण्डाहरु प्रस्तुत गर्दै जनजाति महासंघ बेलायतको स्थापना र यसको अवधारणाबारे स्पष्ट पार्नुभएको थियो । कार्यक्रमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आ-आफ्ना मन्तव्यहरु प्रस्तुत गर्नुभएको थियो ।
पूर्व वाणिज्यमन्त्री विजयप्रसाद थेबेले गोर्खाहरु आदिवासी भएकाले दोहोरो नागरिकता दिएमा यिनीहरुले भविष्यमा एक पाउण्ड कमाएर १२० रुपैयाँको दरले नेपालमा ठूलो धनको आर्जन राजनीति उद्योगधन्दा र व्यापारमा पनि बाहुनवादीलाई असर पर्ला भनेर परिचयपत्र मात्र दिएको गुनासो गर्दै आदिवासी महासंघले दोहोरो नागरिकताको बारेमा आन्दोलन गर्नुपर्नेमा जोड दिनु भयो ।
सो सभामा तदर्थ समितिले प्रस्तुत गरेका विभिन्न प्रस्तावमाथि छलफल गरिएको थियो । प्रस्तावहरुमा राष्ट्रिय बृहत अधिवेशनको मिति छिट्टै तोक्ने पौष २५ २६ र २७ मा नेपालमा हुने जनजाति÷आदिवासी महासंघको अधिवेशनमा महासंघ गठनको लागि बेलायतबाट सुझाव पठाउने दोहोरो नागरिकता र छोराछोरीले समेत नेपाली नागरिकता पाउनु पर्ने विश्व आदिवासी दिवस÷मेलाको आयोजना ९ अगष्टमा २०१० भव्य मनाउने र अन्य जातिय संगठनहरुलाई त्यस दिन अरु कार्यक्रम नराखिदिन अपिल गर्ने नेपालबाट जनजातिका नेताहरुलाई झिकाई अन्तरकि्रया कार्यक्रम गर्ने जनजातिमा गैर राजनीतिक मात्र समावेश हुनुपर्ने महिला कोटामा समानुपातिकको व्यवस्था हुनुपर्ने लगायत थिए ।
कार्यक्रमको अन्त्यमा क्याटि्रक वेल्स रेडिङ केन्टलगायतका ठाउँहरुमा कि्रयाशिल कार्यकर्ताहरु सहयोग पुर् याउनुभएका मित्रहरु जातीय संगठनका प्रतिनिधिहरु र उपस्थित सबै बुद्धिजिवीहरुलाई धन्यवाद ज्ञापन गर्दै सभाका अध्यक्ष थर्क रानाले सभा विसर्जन गर्नुभएको थियो । कार्यक्रम महासंघका महासचिव पदम राईले साचालन गर्नुभएको थियो ।
--> Read more...

माओवादीको पुर्व घोषित नेपाल बन्द पूर्णरुपमा असफल हुने संस्कृति मन्त्रीको दावी

संस्कृति संविधानसभा तथा संघीय मामिला मन्त्री डा मीनेन्द्र रिजालले माओवादीको पुर्व घोषित नेपाल बन्द पूर्णरुपमा असफल हुने दाबी गर्नु भएको छ । उहाँले माओवादीले सुकुम्बासीहरु प्रयोग गरेर बन कब्जा गर्न थालेको आरोप लगाउँदै बन अतिक्रमण हुन नदिन सरकार कडा कदम चाल्न परे पनी तयार रहेको बताउनु भयो ।रिपोर्टस्र क्लब नेपालद्धारा आज राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री रिजालले अहिलेकै राजनीतिक परिस्थिति यथावत रहेमा १४ जेठमा संविधान बन्न नसक्ने समेत बताउनु भयो । माओवादीले आफ्नो अनुकुलको संविधान बनाउन र सत्ता कब्जा गर्न उद्दत रहेको टिप्पणि गर्दै मन्त्री डा रिजालले माओवादी अनुकुलको संविधान बन्न आफूहरु कुनै पनि हालतमा नदिने यसको डटेर सामना गर्ने बताउनु भयो ।
--> Read more...

Friday 4 December 2009

माधव मास्कमा, सुजातालाई सास फेर्न गाह्रो


अन्ततः आज बिहान माधवकुमार नेपाल सरकारले एउटा विश्व कीर्तिमान कायम गरेरै छाड्यो- विश्वको सबैभन्दा अग्लो ठाउँमा मन्त्रिपरिषद्को बैठक बसेर। कम्ता गाह्रो भएको थिएन यो कीर्तिमान राख्‍न। एक त अहिलेको जाडोमा त्यहाँ जान कठिन। अर्को त्यति धेरै उचाइमा हाइ अल्टिच्युडको समस्या। त्यसैले त वातावरणमा अभ्यस्त बनाउन मन्त्रीहरुलाई २४ घण्टाअघिदेखि स्याङबोचे ल्याएर राखिएको थियो। आज बिहान स्वास्थ्य परीक्षण गर्दा सबैको रगतमा अक्सिजनको मात्रा ठीक भएकोले कालापत्थर जान दिइएको थियो। प्रधानमन्त्री माधवकुमार नेपाल अक्सिजन मास्क लगाएर बैठकमा सहभागी भएका थिए। उनले त्यहाँ केही समय बोलेका पनि थिए। उपप्रधानमन्त्री सुजाता कोइरालालाई भने बैठकमा बस्दाबस्दै सास फेर्न गाह्रो भएछ। बैठक सकिएपछि उनैलाई सबैभन्दा पहिले हेलिकप्टरबाट स्याङबोचे फर्काइएको थियो।
माधव नेपाल सबैभन्दा फूर्तिला देखिएका थिए। उनले हातमा पन्जा पनि लगाएका थिएनन्। विश्वका सञ्चारमाध्यममा उनको दृश्य सार्वजनिक हुँदै थियो। पहेँलो मास्क लगाएका उनले मास्क फुकालेर केही बेर बैठक स्थल मै सम्बोधन पनि गरे।
--> Read more...

हिन्दु अतिबादीगुटद्वारा संचालित कान्तिपुर दैनिकमा भ्रमक समाचार सम्प्रेसन


शान्ती र अहिंसको मर्गदर्शक भगवान बुद्धको अनुयायीहरु अध्यान र अध्यापन गराउने पबित्र स्थान गोन्पाहरुको बदनाम गराउदै सधै हिंस र अशान्ती मात्र चहाने समुदायहरुबाट संचालित राष्ट्रिय दैनिकको नाममा संचालित कान्तिपुर दैनिकले डिसेम्बर ४, २००९ का दिन मुख्य प्रिस्ठमा नै "राजधानीको २४ गोन्पा 'संबेदनशील' भनि शेर्पा र तमाङ लगायतको गोन्पालाई समेत किटानी गरि अति भ्रमक, कपोलकल्पित र आधारहीन समाचार सम्प्रेसन गरि धर्म र सद्भवलाई समेत हनन हुने किसिमको समाचार प्रकासन गरेको छ। शान्तिको प्रतिक भगवान बुद्धको सन्देश हाल बिस्वमा नै ब्यापक रुपमा फैलिदै सारा बिस्व जगतनै बौद्ध धर्ममा प्रबेश गरि रहेको अहिलेको अवस्थमा भगवान बुद्ध जन्मेकै देश नेपालमा यस प्रकारको भ्रमक समाचारहरु प्रकाशन हुँदा सम्पुर्ण बौद्ध धरमवलम्विहरु एक भएर यस प्रकारको भ्रमक समाचार र सो समाचार प्रकाशन गर्ने साँस्थको घोर बिरोध गर्नु पर्ने देखिन्छ।
--> Read more...

दिपक लिम्बुको एकल सांगितिक कार्यक्रम सम्पन्न


देरराज गुरुङ,

प्रथम नेपाली तारा दिपक लिम्बुको एकल सांगितिक कार्यक्रम दुबईको एभ्रेष्ट होटलमा भब्यताका साथ सम्पन्न भएकोछ। नेपाली आदिवासी जनजाती महासंघ यूएईले आबुधावी शहरका नेपालीहरुको प्रिय कलाकार दिपक लिम्बुसंग संगितमा रम्न पाउनुपर्छ भन्ने चाहानालाई मध्यनजर गरी सोही शहरमा कार्यक्रम गर्ने तय भएकोमा अन्तिम समयमा आएर हलवालाले स्थानीय धार्मिक पर्व बक्री ईदलाई कारण देखाई हल रद्द गरीदिएकोले उक्तकार्यक्रमलाई दुबई शहरको एभ्रेष्ट होटलमा सम्पन्न गरिएको थियो । संघका अध्यक्ष श्री भुवन राईको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा संघका भूतपूर्व अध्यक्ष तथा वर्तमान वरिष्ट सल्लाहकार श्री छत्र लामाले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो। उहाँले दिपक भाई संपूर्ण नेपालीहरुको पि्रय कलाकार र हाल नेपाली संागित जगतको व्यस्त गायक भएतापनि हाम्रो अनुरोधलाई स्विकार्दै यस कार्यक्रममा सहभागी भईदिनुभएकोमा नेपाली आदिवासी जनजाती महासंघ यूएईको तर्फबाट हार्दिक आभार तथा धन्यवाद दिदै यो हाम्रो कलाकारलाई संरक्षण गर्ने अभियानमा साथ दिन पाल्नु भएका संपूर्ण महानुभावहरुलाई स्वागत तथा धन्यबाद दिनुभएको थियो । स्मरण रहोस् कलाकार दिपक लिम्बु नेपाली समाज यूएईले आयोजना गरेको नोभेम्बर २० २००९मा सम्पन्न कार्यक्रममा भाग लिन यूएई आएका थिए । कार्यक्रम भरि सहभागीहरु दिपक लिम्बुको सुमधुर स्वरमा घन्किएका वहांका लोक पि्रय गितहरु ढल्क्यो ढल्क्यो माया यो माया मैले त्यही भएर मन पराको लगायत गानाहरुमा फर्माईस र वन्समोर गरि गरि नाचेका थिए । दिपक लिम्बुका प्राय संपूर्ण लोक पि्रय गितहरुका साथै पहिलो पटक उनको नयां एल्बमबाट पनि गाना गाएर दर्शकहरुलाई उनले उत्साहित र सम्मानीत गरेका थिए । बिच बिचमा स्थानीय कलाकारहरु सुमधुर स्वरका धनी रनु जबेगुले गाएका आलुतामाले र अर्को गानाले पनि दर्शकहरुलाई भरपुर नचाए भने हास्य व्यंग्यका महशुर कलाकार श्याम तमुको भजनले पनि दर्शकहरुलाई पेट मिचिमिचि हसाएको थियो । अर्का कलाकार बले लामाको यो गाउंको ठिटो म कान्छा मेरो नाउं र तामा¨ सेलो नृत्यले पनि दर्शकहरुलाई छमछम नचाएको थिए । संघका महासचिव डि. आर. गुरुङद्वारा संचालित उक्तकार्यक्रममा कलाकार दिपक लिम्बुलाई नेपाली आदिवासी जनजाती महासंघ यूएईको तर्पुबाट संघका सदस्य भोजराज घलेद्वारा नयां तरिकाले डिजाईन गरिएको प्रसंशा पत्रपनि प्रदान गरिएको थियो जसमा दुबईशहरमा स्थित संसारकै सबैभन्दा अग्लो टावरको दृश्यसंग दिपक लिम्बु गाना गाईरहेको फोटो संमिश्रण गरी ब्याक ग्राउण्ड बनाइएको फोटो पेपरमा कार्यक्रमको संपूर्ण विवरण सहितको पोष्टर बनाईको र उक्त पोष्टरमा नेपाली आदिवासी जनजाती महासंघ यूएईको निशाना छाप लगाईएको थियो । अन्तमा सभापतिको आसनबाट कार्यक्रमको समापन गर्दै कलाकारहरु देशका गहना हुन जसले मुलुकलाई सजाउने काम गर्छ साथै कलाको माध्यम बाट समाज परिवर्तन र मुलुक परिवर्तन गर्नमा पनि उनीहरुको महत्वपूर्ण भुमिका रहने विचार व्यक्त गर्दै कार्यक्रम सफल पार्न विशेष सहयोग पु-याउने महानुभावहरु म्ाहेश मोक्तान भोजराज घले तुलसी तामाङ्ग ज्ञानेन्द्र लामा लगाएत अन्य संलग्न संपूर्ण महानुभावहरुलाई धन्यवाद दिनु भएको थियो । अन्तमा सहभागीहरुले दिपक लिम्बुसंग विभिन्न पोजमा फोटो खिचाएका थिए ।
--> Read more...

नेपाली जनप्रगतिशील मञ्च कतारको प्रथम महाधिवेशन सम्पन्न


खालिद सावन, कतार
विगत दुईवर्षदेखी सवैभन्दा वढी नेपालीहरुको गन्तव्य रहेको मुलुक कतारमा कार्यरत प्रवासी नेपालीहरुको माझमा निरन्तर वैचारिक तथा सामाजीक कार्यमार्फत लोकप्रीयता हासील गर्दै आएको संस्था नेपाली जनप्रगतिशील मञ्च कतारले आफ्नो पहिलो महाधिवेशन भव्यताका साथ सम्पन्न गरेको छ ।
"प्रवासी मजदुर अधिकारका लागी हाम्रो उद्घोषण, नागरिक सर्वोच्चताका पक्षमा प्रथम महाधिवेशन" भन्ने मुल नाराका साथ यहि नोभेम्वर २८ का दिन कतारको राजधानी दोहा स्थित भारतीय सांस्कृतिक केन्द्र (ICC) हलमा आयोजित सो कार्यक्रममा कतारका लागी नेपाली राजदुत महामहिम डा. सूर्यनाथ मिश्रको प्रमुख आतिथ्यता रहेको थियो भने संविधान सभाका सभासद तथा एनेकपा माओवादीका केन्द्रिय सदस्य जोख वहादुर महराले विशेष आतिथ्यता ग्रहण गर्नुभएको थियो । मञ्चका कार्यवाहक अध्यक्ष होमनाथ शर्माको अध्यक्षता तथा किशोर सुवेदीको संचालनमा रहेको सो कार्यक्रममा वोल्दै विशेष अतिथी महराले वैदेशीक रोजगारिका क्रममा देखिएका समस्याहरुलाई केवल गुलीया आश्वासन दिएर नभई नितीगत रुपवाटै हल गर्नुपर्ने भएकाले आफुले सो सम्वन्धमा सक्दो पहल गर्ने वताउनुभयो । उहांले वर्तमान सरकार नयां संविधान निर्माण तथा शान्ति प्रकृया विथोल्ने अभियानमा लागेको आरोप लगाउंदै एनेकपा माओवादीले उठाउंदै आएको पांच सूत्रीय -१) न्यायपुर्ण राजनैतिक कार्यक्रम -२) जनसंविधानको निर्माण -३) नागरिक सर्वोच्चताको वहाली -४) राष्ट्रिय स्वाधिनता तथा, यि सम्पुर्ण कार्यहरु गर्नकोलागी -५) समग्र राष्ट्रिय सरकार गठन गर्नुपर्ने जस्ता मागहरु पुरा नभएसम्म मुलुक तथा संविधानसभाले अग्रगती हासिल गर्न नसक्ने भएकाले आन्दोलन जारि रहने वताउनुभयो । त्यसैगरि, प्रमुख अतिथी तथा कतारका लागी नेपाली राजदुत डा. सूर्यनाथ मिश्रले वैदेशीक रोजगारिका नाममा ठगी दलालीको धन्दा चलाउने व्यक्तिहरुलाई कुनै हालतमा पनि छुट नदिने वताउंदै वावुआमाको नजरमा सवै छोराछोरी वरावर भएजस्तै कतारमा कार्यरत श्रमजिवी जनता, व्यापारी, उद्योगपति, वुद्धिजिवी आदि सवै दुतावासको नजरमा समान रहेकोपनि प्रष्ट पार्नुभयो । सो अवसरमा उहांले नेपाली दुतावासले अहिलेसम्म गर्दै आएको काम पिडीत नेपालीहरुको उपचार मात्र भएकाले समस्या निदानको लागी सरकारी क्षेत्रवाटै पहल गर्नुपर्ने वताउनुभयो । आफ्नो मन्तव्यको अन्तमा उहांले नेपाली जनप्रगतिशील मञ्च कतारले हालसम्म गरेका कर्महरुको सराहना गर्दै दुतावासको काममा मञ्चले पुर्‍याएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो । त्यस्तै, कार्यक्रमका अर्का वक्ता उद्योगपति तथा एनआरएनए का मध्यपुर्व संयोजक वद्रि प्रसाद पाण्डेले मुलुकमा लगानी र रोजगारिको वातावरण नभएकाले २५ लाख भन्दा वढी नेपालीहरु विदेशीनु परेको वताउंदै मुलुकको अर्थतन्त्र केवल रेमिट्यान्सकै भरमा चलेपनि त्यसको सहि सदुपयोग हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । सो अवसरमा उहांले रेमिट्यान्स र वैदेशीक लगानीलाई राष्ट्रिय हितमा उपयोग गर्ने वातावरण वनाउन समेत सरकारलाई आग्रह गर्नुभयो । मन्तव्यकै क्रममा सम्पुर्ण सामाजीक संघसंस्थाका तर्फवाट वोल्दै गोरखा प्रवासी संघ कतारका अध्यक्ष श्रीकृष्ण भट्टराईले विगतमा मञ्चले गरेका कार्यहरुको प्रशंष गर्दै प्रवासमा रहेका संपुर्ण समाजीक संघसंस्थाहरुसंग सहकार्य गर्दै अझै शशक्त ढंगवाट नेपालीहरुको हकहितको सवालमा एकजुट रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा रोल्पा जलजला सेवा समाज, कतारले सभासद जोख वहादुर महरालाई दोसल्ला ओढाई सम्मान गरेको थियो भने मञ्चका खेलाडीहरुको परिचय तथा सम्मानपनि गरिएको थियो । स्मरणीय छ, कतारस्थित केम्को मैत्री शान्ति क्लव कतारले मुस्लिमहरुको महान पर्व ईद उल अदाको अवसरमा आयोजना गरेको खुल्ला भलिवल प्रतियोगीतामा मञ्चको भलिवल टिमले विगतदेखी आफ्नो वर्चस्व कायम गरिआएको वाग्लुङ सेवा समाजलाई हराउंदै प्रथम स्थान हासील गर्न सफल भएको थियो भने म्यान अफ द म्याच पुरस्कार समेत मञ्चकै खेलाडी रिम वहादुर गुरुङले हात पार्न सफल भएका थिए । दुई चरणमा विभाजीत सो कार्यक्रममा मञ्चका जनकलाकारहरुले प्रगतिशील नृत्य, गीत तथा कविताहरुको वेजोड प्रस्तुतिद्धारा दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमको पछिल्लो चरणमा मञ्चको विधान तथा प्रतिवेदन प्रस्तुत गर्नुका साथै हलवाटै वहुमतले पारित गरिएको थियो । यसैगरि, सोहि अवसरमा मञ्चको पुरानो कार्यसमिती भंग गरि होमनाथ शर्मा पौडेलको अध्यक्षतामा ५१ सदस्यीय एक नयां कार्यसमिती र उमेश वरालको संयोजकत्वमा एक सल्लाहकार समिती पनि सर्वसम्मत चयन गरियो । कार्यक्रममा एनेकपा माओवादीका पोलीटव्युरो सदस्य तथा विदेश राज्यसमितीका ईञ्चार्ज ईन्द्रमोहन सिग्देल (वसन्त) को पनि विशेष उपस्थिती रहेको थियो ।
--> Read more...

Thursday 3 December 2009

लिम्वुवानका समाजिक तथा संस्कृतिक संस्थाहरु

१.किरात याक्थुङ चुम्लुङ नेपालअध्यक्ष - अर्जुन नुगो२.किरात धर्म तथा साहित्य उत्थान संघअध्यक्ष - डकेन्द्र सिंह थेगीम३.किरात याक्थुङ माङगेना चुम्लुङअध्यक्ष - शशी चेम्जोङ्ग४.विश्व याक्थुङ मुन्धुम समाजअध्यक्ष - अर्जुन मावोहाङ्ग५.लिम्वू विद्यार्थी मञ्चअध्यक्ष - नविन वनेम६.लिम्वू पत्रकार संघअध्यक्ष - अइन्द्र सुन्दर नेम्वाङ्ग७.याक्थुङ कलकार संघमहासचिव - विमल थेवे८.किपट संरक्षण मञ्चअध्यक्ष - मच्छिन्द्रवेघा
--> Read more...

Wednesday 2 December 2009

साकेला उधौली पर्व आज धुमधामसाथ मनाइँदै


काठमाडौँ, मङ्सिर १७/किराँत/राइ समुदायहरूको पवित्र चाड साकेला उधौली आज धुमधामका साथ मनाइँदैछ ।किराँतको ऐतिहासिक पवित्र धार्मिकस्थल हात्तीवनमा सोमबार किराँत चाड याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, र्राईको उधौली साकेला र लिम्वुको चासोक तङ्नाम को शुभारम्भ भएको थियो ।परम्पराअनुसार २ दिनअघि लिम्वुले चासोक तङ्नाम पर्व मनाउने गर्छन् भने आज संयुक्त रुपमा सबैले उधौली साकेला मनाउने चलन रहेको छ । यो पर्वको अवसरमा सरकारले आज राष्ट्रिय विदा दिएको छ ।किराँत समुदायले अत्रवाली पाकेपछि आफ्नोर् इष्टदेवतालाई चढाउने, खानका लागि अनुमती माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्वुले चासोक तङ्नाम भनेर मान्ने गर्छन् ।किराँत/राईको पवित्र चाड साकेला उधौली पर्वको अवसरमा राष्ट्रपति डा. रामवरण यादवले देश तथा देशबाहिर रहेका सम्पूर्ण नेपालीमा सुख-शान्ति र समृद्धिका लागि सुभकामना दिएका छन् ।सोही अवसरमा प्रधानमन्त्री माधवकुमार नेपालले पनि शुभकामना सन्देशदिँदै हार्दिकता र मेलमिलापका साथै सबै सँस्कृति मान्ने नेपालीहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
--> Read more...

उधौली पर्वमा जुटेका समुदायमा हार्दिक ऐक्यबद्धताः माओवादी

किरात/राई समुदायको सकेला उधौली पर्वको अवसरमा एकीकृत नेकपा (माओवादी)को तर्फबाट पर्वमा जुटेका जनसमुदायमा हार्दिक ऐक्यबद्धता र शुभकामना व्यक्त गरेको छ। बुधबार एक विज्ञप्ति निकाली किरात/राई समुदायको यो महान् पर्वलाई मध्यनजर गरेर नै हाम्रो पार्टीले तेस्रो चरणको आन्दोलनको क्रममा आज कुनै सङ्घर्षको कार्यक्रम नराखेको यथार्थ पनि विज्ञप्तिमार्फत स्मरण गराउन चाहेको छ।त्यसैगरी, वर्षभरिको उत्पादन सँगालेर घर भित्र्याउने मौसममा मनाइँदै आएको यस पर्वका अवसरमा जनताको खाद्यसम्प्रभुताको पक्षमा दृढ रहँदै हाम्रा आदिवासी पुर्खाहरूले अग्रगामी शान्ति, स्वाधीन र जनमुखी संविधान निर्माण र शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउन आमनेपालीलाई शक्ति प्रदान गरून् भन्ने कामना गरेको छ।
--> Read more...

आदिवासी किरातीहरुले भव्यरुपमा चाड मनाइरहेका छन


विजय सन्तोषी राई
धनकूटा १७ मंसिर, नेपालका आदिवासी किरातीले यस बर्ष उधौली चाडलाई भव्यताका साथ आज मनाईरहेका छन ।
नेपालका आदिवासी किराती समूदायका राईलिम्बुयाक्खा र सुनुवार जातिहरुको प्रमुख चाडको रुपमा रहेको उधौली चाड अर्थात मंसिरे पूर्णीमा अधिराज्यभरका किरात वस्तीहरुमा विशेष हर्षोल्लासका साथ आदिवासी किराती जातिहरुले भव्य रुपमा चण्डीनाच नाच्दै मनाईरहेकाछन ।
किरातीहरु प्रकृति पुजक भएकोले प्रकृतिलाई खुशी पार्नकालागि हरेक वर्ष वाली लगाउने समय जेष्ठ महिना चण्डिपूर्णीमामा उभौली र अन्न वाली पाकिसकेपछि खुशियाली मनाउदै उधौली सेवा मंसिरे पूर्णिमा विशेषरुपले खुशियाली साथ आफ्नो प्रमुख चाडका रुपमा मनाउने गरेको किरात राई यायोक्खाका सल्लाहकार एवं राष्ट्रिय जनजाति विकास समितिका पूर्व कार्यकारी निर्देशक आनन्द सन्तोषी राईले जानकारी दिए ।

यसै अवसरमा पूर्वााचलको धरानधनकुटाउर्लावारीदमकइलामताप्ज’ङ्गभोजपुरखोटाङ्ग उदयपुर लगायतका आदिवासी किराती भूमीमा र राजधानी काठमाण्डौमा समेत यस बर्षको उधोली चाड विहान सवेरै देखी सास्कृतिक महोत्सवको रुपमा नाच्दै मनाईरहेका छन ।

नेपाल सरकारले २०६४ देखि मंसिरे प”र्णिमामा उधौली र बैशाखे प”र्णिमा उभौलीर्लाइ किरात चाडको रुपमो घोषणा गरि सार्वजानिक विदा दिने गरेको छ ।

राष्ट्रिय जनगणना अनुसार नेपाल अधिराज्यको पचहत्तरै जिल्लामा आदिवासी किरातीहरु छरिएर रहेको पाईएतापनि पछिल्लो तथ्याङ्ग अनुसार नेपालको कुल जनसंख्याको ४ दशमलव ८६ प्रतिशत किरातीहरु रहेकाछन् ।

आदिवासी किरातीहरुको यो पर्व पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ उनिहरु मानवलाई खेती गर्ने ठाउ दिने प्रकृति तथा खेती गर्ने सिकाउने पूर्वजहरुका सम्झना र सम्म्ाान स्वरुप भूमिपूजा गर्ने गरेको वताउछन किरात राई यायोक्खाका विशिष्ट सदस्य आनन्द सन्तोषी राई ।
--> Read more...

धरानमा चासोक तङनाम भव्य रुपमा मनाइयो

इटहरी । आदिवासी जनजाति लिम्बु, राई, याक्खा, सुनुवार समुदायको महत्वपूर्ण चाड ‘चासोक तङनाम’ सुनसरीको धरानमा भव्य रुपमा मनाइएको छ ।
उधौली पर्वका रुपमा मनाइने सो पर्वमा आदिवासी जनजातिहरुले बालीको पूजासहित भूमिपूजन गरी सो जातिका मानिसका रोगव्याधी नलागोस् भन्ने कामना गरिन्छ ।
मंगलबारैदेखि सुरु भएको उधौली चासोक तङनाम पर्वले धरानलाई जातीय पहिचानसहितको धरान साँस्कृतिक सहरको झझल्को दिएको छ ।
बुधबार बिहानै आदिवासी जनजाति समुदायले विजयपुरगढीको हाङयुक्ना दरबारको परिक्रमा गरी विधिवतरुपमा चासोक तङनाम उधौली पूजाको शुभारम्भ गरेका थिए ।
थरगत, थुमगत र साँस्कृतिक केलाङ, यालाङ प्रदर्शनसँगै महोत्सवका रुपमा आयोजना गरिएको चासोक तङनाम पर्वको सभामुख सुवास नेम्बाङले आज धाननाच नाचेर उद्घाटन गर्नुभयो ।
यही मङ्सिर २० गतेसम्म मनाइने सो पर्वलाई महोत्सवका रुपमा किराँत याक्थुङ चुम्लुङले किराँत माङहिम धरान-१५ मा आयोजना गरेको छ ।
सो अवसरमा सभामुख नेम्बाङले किराँत राई जातिले चाहेको स्वतन्त्रतासहितको स्वायत्त राज्यप्राप्तिका लागि गरिँदै आएको न्यायोचित आन्दोलनले सफलता प्राप्त गरोस् भन्ने शुभकामना दिनुभयो ।
उहाँले सबै जाति, भाषा र संस्कृति भएका नेपाली जनजातिहरुको समान सहभागिता र सहकार्यबाट मात्र देशको समग्र विकास सम्भव हुने दाबी गर्दै मुलुकको हितका लागि राजनीतिक दलहरुले आपसी किचलो त्यागेर एकैथलोमा आउनुपर्नेमा जोड दिनुभयो ।
संसद अवरुद्ध हुँदा जनताको हकअधिकार कुण्ठितमात्र नभई देशको समग्र विकास प्रक्रियामा नै कालो तुवाँलो लाग्छ भन्दै सभामुख नेम्बाङले यस्तो क्रियाकलापबाट राजनीतिक दलहरुसमेत कमजोर हुने भएकाले सबै राजनीतिक दललाई संसद अवरुद्ध पार्ने कार्य तत्काल त्याग्न आग्रहसमेत गर्नुभयो ।
सभामुख नेम्बाङले जनआकांक्षालाई पूरा गर्नका लागि पनि तोकिएकै समयमा संविधान बन्नु जरुरी रहेको उल्लेख गर्दै समयमा नै संविधान निर्माण गर्ने परिस्थिति बन्ननसके देशमा गम्भीर स्थिति उत्पन्न हुनसक्ने पनि स्पष्ट गर्नुभयो ।
सभामुख नेम्बाङले किराँतहरुको महान गुरु तथा समाजसुधारक महागुरु फाल्गुनन्दलाई राज्यले राष्ट्रिय विभूतिको सम्मान दिएर समग्र आदिवासी जनजातिको भावनालाई उचो बनाउने कार्य गरेकोमा सरकारलाई सबैले धन्यवाद दिनुपर्दछ भन्नुभयो ।
सोही समारोहमा सभामुख नेम्बाङले अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी नरेन्द्र पोमो, सगरमाथा आरोही जुनिता सम्बाहाम्फे, लोकगायक खगेन्द्र याक्सो, सङ्गीतकार कुशल थलुङ, कलाकार शोभा खजुम, गीतकार नवीन थेवेलगायतलाई सम्मान गर्नुभयो ।
किरात याक्थुङ चुम्लुङ धरान नगर समिकिा सभापति प्रदीप मेयाङवोको सभापतित्वमा भएको सो कार्यक्रममा दुर्गामाया लिम्बु, गजेन्द्र इश्वोलगायतले पनि बोल्नुभएको थियो ।
चासोक तङनाम समारोहमा आदिवासी जनजातिको पहिरन, खानपान र रहनसहन झल्किने विभिन्न स्टल समेत राखिएका छन् ।
यसअधि सभामुख नेम्बाङले धरान, तीनकुनेमा रहेको किराँत श्रीजङ्गा लिपिका आविष्कारक श्रीजङ्गाको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।
--> Read more...

गणराज्य घोषणालाई प्रभावकारी बनाउने विषयमा माओवादीको स्थाइ समितिको बैठकमा छलफल

एकीकृत नेकपा माओवादीको स्थाइ समितिको आजको बैठकमा पार्टीले घोषणा गरेको तेर्सो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत स्वयत्त गणराज्य घोषणालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।पार्टी केन्द्रिय कार्यलय पेरिस डांडामा बसेको बैठकले गण राज्यहरुको सिमाङ्कनमा टुग्गो लगाउने बिषयमा कुनै ठोस निर्णय नगरेको सचिव सी पी मैनालीले जनाएकारी दिनु भयो ।
शान्ति सम्झौता विपरीत भएको भन्दै दलहरुले विरोध गरिहेकै बेला माओवादीले भने गणराज्य घोषणा तयारीलाई महत्वपूर्ण मानिरहेको छ । बैठकमा स्वयत्त गणराज्य घोषणा गर्न पार्टी भित्र कुनै विवाद नरहेको र कसरी वैज्ञानिक गर्ने भन्ने बारेमा छलफल भइरहेको सी पी मैनालीले जानकारी दिनुभयो । तर गणराज्यको सिमानाका बारेमा माओवादीका जातिय र क्षेत्रिय मोर्चाहरुले असन्तुष्टि जनाउदै आएका छन् । स्वयत्त गणराज्य घोषणामा देखिएका प्राविधक समस्यालाई समाधान गर्नकालागी आजको वैठकमा छलफल भएको मैनालीले दिनुभयो । गणराज्य घोषणा संवैधानिक भएको दाबी संघीय लोकतान्त्रि गणतन्त्र घोषणा भइसकेकाले संघीयता स्वीकार्य गर्न षडयन्त्र भइरहेकोले माओवादीले घोषणा तयारीलाई तिब्र पारेको छ । नारगरिक सर्बोच्चताको माग गर्दै आन्दोलनमा उत्रिएको माओबादीले माग पुरा गराउनकालागी बिभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरिसकेको छ ।
--> Read more...

कतारमा नेपाली कथानक चलचित्र "सपना हो की विपना" को प्रथम प्रदर्शन

बुधबल गुरुङ०१ डिसेम्बर दोहा कतार
तमू बौद्ध सेवा समिति कतारको सहयोगमा गुरुङ डिजिटल सेन्टर तनहुँको प्रथम प्रस्तुती तमु गुरुङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र सपना हो की विपना को दोहामा प्रथम प्रदर्शन गर् यो । कतारमा २५ प्रतिशत र नेपालमा ७५७३डठघद्धस छायांकन गरिएको सपना हो की विपना चलचित्र मुस्लिम समुदायको महान पर्व ईद अल अधाको पहिलो दिनमा गल्फ सिनेमा हलमा दोश्रो दिनमा सि।सि। आई।सि। क्याम्प होम साईट र तेश्रो दिनमा पुनः गल्फ सिनेमा हलमा पि्रमियर तथा च्यारिटी शो गरिएको थियो । गैर आवासिय नेपाली संध अन्तराष्ट्रि समन्वय परिषदका उपाध्यक्ष सागर नेपाल नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष अमृत गुरुङ गैर आवासिय नेपाली संध अन्तराष्ट्रिय समन्वय परिषदका पूर्व सदस्य टि।बी। कार्की राजधानी अन्तराष्ट्रिय साप्ताहिकका प्रबन्ध सम्पादक आशिष शेरचन लगायत दोहाका सामाजिक संध संस्थाका प्रतिनिधीहरु र कतारस्थित नेपाली परिवारजनहरुले सो चलचित्र हेरेका थिए । विशेष गरी कतारका नेपालीहरुको कथा बस्तुको चित्रण तथा गुरुङ संस्कृतिमा आधारित चलचित्रको निर्देशन अमृत थापा र दिपक उदासले गरेका छन् । चलचित्रमा भेष गुरुङ सविना गुरुङ भीम गुरुङ पुजा गुरुङ कुमार गुरुङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रका लागि गायक द्रोण जंग तमू तिलक तमु गायिका कुसुम तमू शर्मिला तमूले स्वर दिएका छन् भने संगित भक्त लुङ्गगेलीको रहेको छ । चलचित्रको छायांकन माधव तमुले गरेका छन् भने गित रचना भेष तमु लोक बहादुर तमु र टंक लिम्बुले गरेका छन् । दोहाको प्रदर्शन पछि अब नेपालमा पनि छिट्टै नै यस चलचित्र प्रदर्शन गर्ने तयारमिा रहेको छू - निर्माता द्धय भेष गुरुङ र कृष्ण गुरुङले बताउनु भयो -यसरी नै चलचित्र हेरेर हामीलाई हौसला प्रदान गरि दियो भने दर्शकहरु समक्ष अर्को चलचित्र छिट्टै नै बजारमा ल्याउने प्रयास गर्नेछौं ।निर्माताहरुको प्रथम प्रयास भए पनि चलचित्र अति नै मनोरन्जनात्मक र शिक्षा प्रद भएकोले आफुले चलचित्र हेरे पश्चात भरपुर मनोरन्जन लिएको एक दर्शकले बताए ।
--> Read more...

 

  © 2009 लिम्बु संसार // ताजा समाचारहरु

True Contemplation Blogger Template by M Shodiq Mustika